अपराध सुरक्षा

दलालको चलखेल बुझ्न लाईसेन्स लिन लाईनमा बसे मन्त्री

दलालको चलखेल बुझ्न लाईसेन्स लिन लाईनमा बसे मन्त्री

काठमाडौं । सधैं भीडभाड र कोलाहल हुने यातायात ब्यवस्था कार्यलय एकान्तकुनामा एक ब्यक्ति लाईनमा उभिए ।

दायाँबाँयाँ लाईसेन्स लिन लामबद्धहरुले उनलाई आफुजस्तै सेवाग्राही ठाने । ती ब्यक्तिले सेवाग्राहीसंग लाईसेन्स लिन कति गाह्रो है तपाईको मिलाएको हो ?

भनी एक दुई जनासंग संवाद पनि गरे । त्यसरी लाईनमा बसेर सेवाग्राहीसंग संवाद गर्ने ती ब्यक्ति यातायातमन्त्ती वीरबहादुर बलायर थिए ।

मन्त्री बलायरले दलालको चलखेल बुझ्न परिचय लुकाएर अनुगमनमा गएको बताए । म अनुगमनमा निस्केको कुरा यातायातका कर्मचारीलाई जानकारी थिएन ।

सेवाग्राहीले पाएको दुःख देखेर चिन्तित भएँ उनले भने ।

कान्तिपुर

विशेष