पर्यटन

फेवाताल पुरिने चेतावनी

फेवाताल पुरिने चेतावनी

साउन २३ । विज्ञहरुले फेवातालमा प्राकृतिक रुपमा गेग्रान थुप्रिरहने र मानवीय अतिक्रमण भइरहने हो भने यसको भविष्य जोखिममा रहेको औंल्याएका छन् ।

तालको समवेदनशील क्षेत्रमा रहेका बस्ती र हर्पन खोलाले बर्सेनि बगाएर ल्याउने गेग्रानले यसको अस्तित्व जोखिममा पर्दै गएको उनीहरुको भनाइ छ ।

‘फेवा लेक वाटर सेड एरिया स् स्टडिज अन सेटलमेन्ट एन्ड इन्भाइरोमेन्टल एप्रिजल’ मा विद्यावारिधि गरेका प्रा.डा. देवेन्द्रबहादुर लामिछाने अहिलेकै गतिमा फेवातालको जग्गा अतिक्रमण भइरहेमा अबको २ सय ८७ वर्षपछि यसको अस्तित्व समाप्त हुने बताउँछन् ।

नागरिक

विशेष