अर्थ

आफू नभए स्वास्नीलाई पदमा राख्ने नेपालका लालुहरु

आफू नभए स्वास्नीलाई पदमा राख्ने नेपालका लालुहरु

साउन २३ । निजी स्कुलबाट अभिभावकको शोषण गरी अकूत सम्पत्ति कमाउनेदेखि हाउजिङ र जग्गाबाट छोटो समयमा अर्बौं रुपैयाँ कमाएर बैंकमा लगानी गरेका सांसदहरुले आ आफ्ना श्रीमतीलाई बैंकको सञ्चालक बनाउन थालेका छन् ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बाफिया मा संशोधन गरी सांसदलाई बैंकको संचालक हुनबाट रोक लगाएपछि उनीहरुले श्रीमतीलाई संचालक बनाउन थालेका हुन् । राष्ट्र बैंकको यस्तो नीति आएपछि सांसद इच्छाराज तामाङले श्रीमती सृजना शाक्य तामाङलाई सिभिल बैंकको सञ्चालक बनाएका छन् ।
बाफिया आफूअनुकुल बनाउन निकै प्रयत्न गरेका बैंक संचालक सांसदहरु त्यसमा असफल बनाएपछि आफ्नो साटो श्रमतीलाई राख्न तिर लागेर बिहारका नेता लालुप्रसाद यादवको शैली अपानाउन थालेका छन् ।
–साँघु साप्ताहिकबाट

विशेष