पर्यटन

सगरमाथा चढ्ने पहिलो भारतीय जोडी बनेको झुटो दाबी गर्ने दम्पतीले जागिरबाटै हात हुनु पर्यो

सगरमाथा चढ्ने पहिलो भारतीय जोडी बनेको झुटो दाबी गर्ने दम्पतीले जागिरबाटै हात हुनु पर्यो


महाराष्ट्र । संसारको सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो भारतीय जोडी बनेको झुटो दाबी गरेका एक दम्पतीलाई भारतीय प्रहरीले आफ्नो सेवाबाट बर्खास्त गरेको छ ।

दिनेश र तारकेश्वरी राठौडले अघिल्लो साल आफूहरुले सफलतापूर्वक सगरमाथा चढेको बताएका थिए । तर भारतको महाराष्ट्र राज्यका अधिकारीहरुले सोमबार उक्त दम्पतीले जोडजाड पारिएको तस्वीर प्रयोग गरेर आफूले सगरमाथाको सफल आरोहण गरेको दाबी गरेको निष्कर्ष निकालेको छ ।

उक्त दम्पतीले सगरमाथाको आरोहण गरेको बिषयको सत्यतामा अरु आरोहीहरुले प्रश्न उठाएपछि छानबिन अघि बढाइएको थियो । उक्त दम्पतीले गलत सूचना दिएर महाराष्ट्र प्रहरीको प्रतिष्ठामा आँच पुर्याएको महाराष्ट्र प्रहरीको प्रतिक्रिया छ ।

यसअघि नै नेपाली अधिकारीहरुले उनीहरुले झुटो दाबी पेश गरेको निष्कर्ष निकाल्दै उनीहरुलाई १० वर्षका लागि पर्वतारोहणमा प्रतिबन्ध लागाइसकेका छन् ।
नेपालको पर्यटन विभागले सुरुमा उनीहरुको आरोहणलाई मान्यता दिएपछि अनुसन्धानपछि त्यसलाई रद्द गरेको थियो ।

विशेष