अर्थ

१२ वाणिज्य बैंकहरूको लाभांश क्षमता १० देखि ४६ प्रतिशत

१२ वाणिज्य बैंकहरूको लाभांश क्षमता १० देखि ४६ प्रतिशत

काठमाडौं । आर्थिक वर्ष ०७३/७४ को खुद मुनाफाबाट वाणिज्य बैंकहरूले १० देखि ४६ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने देखिएको छ । मंगलबारसम्म १२ वाणिज्य बैंकहरूले गत आवको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

यी बैंकहरूले आर्जन गरेको खुद मुनाफाबाट सञ्चितमा २० प्रतिशत र सामाजिक दायित्वको १ प्रतिशत रकम छुट्याउनुपर्छ । सो छुट्याइएको रकमपछि लाभांश वितरण गर्दा बैंकहरूको क्षमता यस्तो देखिएको हो । सबैभन्दा धेरै लाभांश वितरण गर्ने क्षमता नबिल बैंकमा देखिएको छ । गत आवमा ३ अर्ब ६२ करोड रुपैयाँ मुनाफा कमाएको बैंकको चुक्ता पुँजी ६ अर्ब १८ करोड रुपैयाँ छ ।

सञ्चित रकम र सामाजिक दायित्व छुट्याएपछि बैंकले ४६ दशमलव २४ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ । हालसम्म सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा कम लाभांश वितरण गर्ने क्षमता लक्ष्मी बैंकको देखिन्छ ।

नयाँ पत्रिका

विशेष