अर्थ

अनुगमनमा अर्थ मन्त्रालयको उदासीनता, विज्ञ कर्मचारी पठाएन

अनुगमनमा अर्थ मन्त्रालयको उदासीनता, विज्ञ कर्मचारी पठाएन

काठमाडौं ।  दरबारमार्गलगायत क्षेत्रमा उपभोक्तासँग असुल गरिएको सामानको अत्यधिक मूल्यबारे छानबिन गर्न आवश्यक पर्ने विज्ञ कर्मचारी पठाउन आपूर्ति विभागले बारम्बार अनुरोध गर्दा पनि अर्थ मन्त्रालयले उदासीनता देखाएको छ ।

प्रारम्भिक छानबिनमा न्यूनबीजकीकरणको समस्या देखिएपछि थप कारबाहीका लागि अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागको सहयोग आपूर्तिले मागेको हो । राजस्व छल्न विदेशमा किन्दा परेको मूल्यभन्दा कम देखाएर भन्सारबाट सामान भित्र्याई चर्को मूल्य राखेर सामान बेच्नु न्यूनबीजकीकरण हो । यो बजारको मुख्य समस्या हो ।

यसलाई नियन्त्रण गर्नुपर्ने अर्थले आफैं अनुगमन गर्नुको साटो कारबाही प्रक्रियामा रहेका पसलको अनुसन्धानमा समेत असहयोग गरिरहेको छ । ‘कारबाहीका लागि सरकारी निकायबाटै असहयोग भयो,’ आपूर्ति विभागका महानिर्देशक कुमार दाहालले गुनासो गरे ।

कान्तिपुर

विशेष