अपराध सुरक्षा

८८ किलो सुन तस्करी प्रकरणमा सुरक्षाकर्मी ले नै सहयोग गरेको खुलासा

८८ किलो सुन तस्करी प्रकरणमा सुरक्षाकर्मी ले नै सहयोग गरेको खुलासा

काठमाडौं । नुवाकोट कटेर केरुङ पुग्न नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका १२ वटा चेक प्वाईनट कट्नुपर्छ ।

जिल्लाको टिमुरे ४, स्याफ्रुममा २, धुन्चेमा ३, कालिकास्थानमा २ र बेत्रावातीमा एक चेक पोस्ट छन् । रसुवाका टिमुरे, स्याफ्रु, धन्चे र कालिकास्थानमा नेपाली सेनाका चारवटा चेक पोस्ट छन् ।

लाङटाङ राष्टिय निकुन्जको सुरक्षामा रहेको सेनाले पनि चेक पोष्ट राखेको छ । हरेक चेकपोष्स्टले सामान बोक्ने सवारीसाधनको विवरण रेकर्डमा राख्ने गरे पनि ८८ किलो सुन फोला परेको गाडीको टिमुरेमा रहेको सशस्त्र प्रहरीको चेक पोस्टमा मात्रै दर्ता रहेको देखिएको छ ।

सुरक्षा स्रोतका अनुसार नेपालतिरको अन्तिम नाका टिपुरेमा भदौ १५ गने मध्याह्न गाडी पार भएर तिब्बत गएको देखिन्छ । सुन तस्करीका अनुसन्धान गरिरहेको महानगरीय प्रहरी अपराध महाशाखाका अधिकारीका अनुसार सो गाडी १८ गते केरुङ हुँदै काठमाडौं भित्रिएको थियो ।

नागरिक

विशेष