अदालतका तामेलदार ३५ हजार घुससहित पक्राउ
काठमाडौं । काठमाडौं जिल्ला अदालतका तामेलदार सुर्य प्रकाश परियार सेवाग्राहीसँग ३५ हजार घुस लिँदा लिदै रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार तामेलदार परियारले सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा काठमाडौंको बुढानिलकन्ठबाट ३५ हजारसहित रंगेहात पक्राउ गरेको हो ।
आयोगको प्रवक्ता जीबराज कोइरालाले सेवाग्राहीसँग अदालतको सुचनाको बहानामा घुस मागेको सुचनाका आधारमा परियार पक्राउ परेको बताए । आयोगले आवश्यक अनुसन्धान सुरु गरेको बताएको छ ।