अपराध सुरक्षा

डीआईजी सिलवालको रिट सर्वाेच्चद्वारा खारेज, राजिनामा दिने मनस्थितिमा

डीआईजी सिलवालको रिट सर्वाेच्चद्वारा खारेज, राजिनामा दिने मनस्थितिमा

काठमाडौं । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिमा आफूमाथि अन्याय भएको भन्दै प्रहरी नायव महानिरीक्षक (डीआईजी) नवराज सिलवालले दायर गरेको रिट निवेदन खारेज गरेको छ । सर्वाेच्चको मंगलबार यो फैसलासँगै करिब ६ महिनादेखि आईजीपी नियुक्ति प्रकरणमा चलेको मुद्दा टुंगो लागेको छ । 

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली नेतृत्वको वृहत पूर्ण इजलासले डीआईजी सिलवालको माग दावी पूरा नहुने भन्दै रिट निवेदन खारेज गरेको हो । डीआईजी सिलवालले वरीयतामा आफू एक नम्बरमा रहेको र कार्य सम्पादन मूल्यांकनमा पनि आफू नै अगाडि रहेको अवस्थामा सरकारले दोस्रो वरीयताका डीआईजी प्रकाश अर्याललाई आईजीपी बनाएको भन्दै सर्वाेच्च अदालतमा रिट दार गरेका थिए । अदालतले अर्यालको कार्य सम्पादन मूल्यांकन अंक १५४ दशमलव ४ र सिलवालको १५२ दशमलव २ देखिएको भन्दै सिलवालको मागदावी पूरा नहुने ठहर गर्दै रिट खारेज गरेको हो ।

सर्वाेच्चको यो फैसलासँगै डीआईजी सिलवाल अब डीआईजीबाटै घर फर्कने भएका छन् । ३० बर्से सेवा अवधिका कारण उनले आगामी २८ चैतमा अनिवार्य अवकाश पाउने भएका छन् । स्रोतका अनुसार, डीआईजी सिलवाल राजिनामा दिने मनस्थितिमा पुगेका छन् ।

 

 

विशेष