अपराध सुरक्षा

ठगी मुद्दाका फरार दोषी पक्राउ

ठगी मुद्दाका फरार दोषी पक्राउ

काठमाडौँ । वैदेशिक रोजगार ठगी मुद्दाका फरार दोषी काठमाडौँ नक्साल बस्ने प्रेममान डंगोललाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बुधबार पक्राउ गरेको छ । 

वैदेशिक रोजगार न्यायाधीकरणको विसं २०६७ असार ६ गतेको फैसलाले वैदेशिक रोजगार ठगीका दुई मुद्दामा डंगोललाई चार वर्ष छ महिना कैद र रु चार लाख ५० हजार जरिवाना हुने ठहर भएकामा हालसम्म उनी फरार थिए । डंगोललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले सुन्धाराबाट पक्राउ गरेको हो । 

दोषी डंगोलसमेतले सिन्धुली, कमलामाई नगरपालिका बस्ने राजकुमार घिसिङसहित चार जनालाई वैदेशिक रोजगारीका लागि युक्रेन लगिदिन्छु भनी २०६५ वैशाख २५ गते जनही रु छ लाख लिई थाइल्याण्डसम्म पुर्यार्इ अलपत्र छाडेर वैदेशिक रोजगार ऐन २०६४ को विपरीत कसूर गरेका थिए ।

फैसला कार्यान्वयनका लागि बिहीबार ब्यूरोले निजलाई काठमाडौँ जिल्ला अदालतमा पेश गरेकामा अदालतको आदेशले कैद भुक्तानका लागि डिल्लीबजार कारागार काठमाडौँमा पठाइएको छ । 

विशेष