होसियार ! यस्तो व्यवहारले तपाईलाई ३ वर्ष जेलको हावा खुवाने छ
काठमाडौँ । समाजिक संजालमा अस्लिल शब्द प्रयोग गर्ने गर्नु भएको छ ? तपाईंलाई यौन अपराधको कसुरमा कारबाही हुनसक्छ ।
फेसबुक, ट्विटर, इमेललगायतका विद्युतीय माध्यममार्फत अश्लील सामग्री पठाएमा यौन अपराधन मानिने संसदले पारित गरेको मुलुकी अपराध संहिता विधेयकमा उल्लेख छ ।
नयाँ मुलुकी अपराध संहितामा
कसैले आफ्नो पति वा पत्नी बाहेक अन्य व्यक्तिलाई निजको मन्जुरी बिना करणीका आशयले समातेमा,
निजको संवेदनशील अङ्ग छोएमा वा छुन प्रयास गरेमा,
निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा,
निजले लगाउने भित्री पोशाक लगाउन वा फुकाल्न कुनै किसिमले बाधाअवरोध गरेमा
निजलाई अस्वाभाविक रुपमा कुनै एकान्त ठाउँमा लगेमा,
यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन, समाउन लगाएमा,
निजसँग अश्लील वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक वा लिखित वा सांकेतिक रुपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरेमा,
अश्लील चित्र वा तस्वीर देखाएमा,
यौनका आशयले जिस्क्याएमा वा हैरानी दिएमा
निजसँग अन्य अस्वाभाविक, अवाञ्छित वा अमर्र्यािदत व्यवहार गरेमा
यौन दुर्व्यवहार गरेको मानिने ब्यवस्था छ ।
यस्तो कसूरमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने ब्यवस्था छ । यो कानुन तत्काल भने लागू हुने छैन । नयाँ कानुन २०७५ भदौ १ गतेदेखि लागू हुनेछ ।