समातिए डंगोल, युक्रेन पठाइदिन्छु भनि जनही ६ लाख लिएर अलपत्र पारेको आरोप
काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दाका फरार दोषी काठमाडौँ नक्साल बस्ने प्रेममान डंगोललाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बुधबार पक्राउ गरेको छ ।
वैदेशिक रोजगार न्यायाधीकरणको विसं २०६७ असार ६ गतेको फैसलाले वैदेशिक रोजगार ठगीका दुई मुद्दामा डंगोललाई चार वर्ष छ महिना कैद र रु चार लाख ५० हजार जरिवाना हुने ठहर भएकामा हालसम्म उनी फरार थिए ।
डंगोललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले सुन्धाराबाट पक्राउ गरेको हो । दोषी डंगोलसमेतले सिन्धुली, कमलामाई नगरपालिका बस्ने राजकुमार घिसिङसहित चार जनालाई वैदेशिक रोजगारीका लागि युक्रेन लगिदिन्छु भनी २०६५ वैशाख २५ गते जनही रु छ लाख लिई थाइल्याण्डसम्म पु¥याई अलपत्र छाडेर वैदेशिक रोजगार ऐन २०६४ को विपरीत कसूर गरेका थिए ।
फैसला कार्यान्वयनका लागि बिहीबार ब्यूरोले निजलाई काठमाडौँ जिल्ला अदालतमा पेश गरेकामा अदालतको आदेशले कैद भुक्तानका लागि डिल्लीबजार कारागार काठमाडौँमा पठाइएको छ ।