कन्डोमको विज्ञापनमा सामान्य भूल, नतिजा असामान्य
एजेन्सी । कन्डोमको अर्थ हुन्छ कि यसले सुरक्षित यौन सम्पर्क र नचाहेको गर्भ रोक्ने । कन्डोम बनाउने कम्पनीहरुले पनि यहि खबर ग्राहकसम्म विभिन्न तरिकाले पुर्याउँछन् । यसकालागि विज्ञापनमा विभिन्न सिर्जना गरिन्छ । जसबाट मानिसहरुलाई विज्ञापन मन पर्छ । तर कहिलेकाहि रचना गर्ने प्रयासमा समस्या उत्पन्न हुन्छ । ‘से इट विद अ कन्डोम’ नामक कम्पनीलाई अहिले सिर्जनाले अर्को अर्थ लगाइदिएपछि समस्या भएको छ ।
तस्बीरमा भएको कन्डोमको प्याकेटमा लेखिएको छ ‘गो फर्दर विदाउट कंसेन्ट’ यर्थात बिना सहमति अगाडि बढ्नुहोस् । अमेरिकाको एक कलेजमा सुरक्षीत यौन सम्पर्कबारे जनचेतना बढाउन यो कन्डोम बाँडिएको थियो । तर सहमति बिना नै अगाडि बढ्नु भन्ने सन्देशले गलत अर्थ लगाइदियो । र भयो हंगामा ।
तर तपाईले यो सन्देशको सुरुमा एक ‘सिम्बोल देख्नु हुन्छ । जसको अर्थ हुन्छ ‘डु नट’ । सो सिम्बोलसहित अर्थ लगाउँदा सन्देशको मतलव हुन्छ ‘सहमति बिना अगाडि नबढ्नु । सामान्य मानिसले सिम्बोलको अर्थ बुझ्दैनन् । र उनीहरुले अर्थ लगाउँछन कि सहमति बिना पनि अगाडि बढ्नु । विज्ञापनमा सरल र सजिलै सबैले बुझ्ने सन्देश हुनु पर्नेमा यहाँ जटिल बनेको छ । जसका कारण अहिले यो कन्डोम विवादमा परेको छ ।