अर्थ

अमेरिकी प्राथमिकतामा नेपाल

अमेरिकी प्राथमिकतामा नेपाल

वासिङ्टन डिसी । अमेरिकाले नेपालसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको सन्देश दिँदै नयाँ च्याप्टर अर्थत् उत्पादनमूलक विकास सहकार्यबाट अघि बढ्ने जनाएको छ।

नेपाल-अमेरिका सम्बन्धको ७०औं वर्षगाँठका अवसरमा अहिलेसम्मकै ठूलो सहयोग घोषणा गरेलगत्तै अमेरिकी उपविदेशमन्त्रीबाट यस्तो धारणा आएको हो। अनुदार मानिएका राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्व सरकारको यस्तो सहयोगले नेपालको राजनीतिक अवस्था र विकास प्रक्रियामा सकारात्मक सन्देश गएको छ। अमेरिकाले नेपालसँग दक्षिण एसियामा ुरणनीतिकु सारथिका रुपमा सहकार्य गर्दै आएको छ ।

नेपाललाई भारतको आँखाबाट हेर्ने गरेको भन्ने टिप्पणी हुने गरेका बेला उसले एकैपटक यो स्तरको सहयोग गरेर नेपाल-अमेरिका सम्बन्ध र सहकार्य फरक शैलीमा अघि बढ्न लागेको संकेत गरेको छ । नेपाल-अमेरिका सम्बन्ध सुमधुर र सहकार्यमूलक रहे पनि तिब्बती शरणार्थी र चिनियाँ सम्बन्धले केही तलमाथि हुने गरेको थियो ।

अमेरिकी उपविदेशमन्त्री जोन जे सुलिभानले अमेरिका-नेपाल सम्बन्ध नयाँ शिराबाट अघि बढेको बताए । बिहीबार सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षरको साक्षी रहेका सुलिभानले यो सम्बन्ध उपलब्धिमूलक रहने जनाए ।

अमेरिकाले नेपाललाई दक्षिण एसियामा अग्रणी मुलुकको रुपमा लिँदै ५० अर्ब रुपैयाँभन्दा बढीको सहयोग घोषणा गरेको छ । यो अहिलेसम्मकै ठूलो अमेरिकी सहयोग हो ।

कान्तिपुर

विशेष