अपराध सुरक्षा

कांग्रेस सांसद सिंहमाथि गोली प्रहार, प्रतिकारमा सुरक्षाकर्मीले पनि चलाए गोली

कांग्रेस सांसद सिंहमाथि गोली प्रहार, प्रतिकारमा सुरक्षाकर्मीले पनि चलाए गोली

सर्लाही । प्रदेश नम्बर २ मा हुन लागेको तेस्रो चरणको स्थानीय तहको चुनावको अघिल्लो दिन असोज १ आइतबार कांग्रेस सांसद अमरेशकुमार सिंहमाथि लक्षित गरि गोली प्रहार भएको छ । उनीमाथि लक्षित गरिए पनि गोली उनको सवारी साधनमा लागेका कारण कुनै मानवीइ क्षति हुन पाएन ।

सर्लाही वलरा नगरपालिका वडा नं ३ मा नेपाली काग्रेसका महिला उमेद्वार चन्द्रीका देवीलाई भेट्न जाँदा आफूमाथि गोली प्रहार गरिएको सिंहले जानकारी दिए । सोहि नगरपालिकाको वडा नं ३ का वडा राजपाका तर्फबाट अध्यक्षका प्रत्यासी शुसील मिश्राले आफूमाथि गोली प्रहार गरेको सिंहले आरोप लगाएका छन् । आफ्नो ज्यान लिने उद्देश्यका साथ प्रहार गरिएको गोलीले सवारीमा प्वाल परेको उनले जानकारी दिएका छन् । सिंहमाथि गोली प्रहार भएपछि प्रतिकारमा उनको अंगरक्षकले पनि एक राउन्ड गोली चलाएका थिए ।

सर्लाहीस्थित सुरक्षा स्रोतका अनुसार मिश्रा बिहारमा हत्या र अपहरणको मुद्धा खेपिरहेका र खोजीका सूचीमा रहेका छन् । चुनावलाई प्रभावित पार्न अघिल्लो रात आफूमाथि आक्रमणको घटना भएको उल्लेख गर्दै सिंहले यसको जानकारी प्रधानमन्त्रीदेखि सुरक्षा निकाय सबैलाई गराएको बताए । उनले शान्तिपूर्ण चुनाव गराउन गृह प्रसासन र सरकारसँग माग गरेका छन् ।

विशेष