अपराध सुरक्षा

संसारमा बलात्कारीको संख्या अत्याधिक, यी हुन् दश देश जहाँ हुन्छ अत्याधिक रेप

संसारमा बलात्कारीको संख्या अत्याधिक, यी हुन् दश देश जहाँ हुन्छ अत्याधिक रेप

काठमाडौं । विश्वमा हरेक दुई मिनेटमा कही न कहि बलात्कारको घटना घटिरहेको छ । बलात्कार बिश्वका कुनैपनि देशको कानुनमा अत्यन्त जघन्य अपराधको रुपमा लिएको भएपनि संसारभरी यो घटीरहेको नै छ । आउनुहोस् बलात्कार गर्ने कुरामा कुन देश कती अगाडि छ जानीराखौः

१०. इथियोपिया

बलात्कार मध्ये पनि अत्यन्त वर्वर बलात्कार यो देशमा हुन्छ । १ सय महिलामा ६० जनाको बलात्कार हुन्छ । वालिकाहरु ११ वर्ष नपुग्दै अपहरण गर्ने र लामो समयसम्म बलात्कार गररिहन्छन् । गर्भवती नहुन्जेल सम्म उनको बलात्कार हुने गरेको छ । गर्भवती भएपछि बलात्कारीले ति किशोरी वा महिलालाई वेवारीसे अवस्थामा छोडेर भाग्ने गर्दछन् । यदि मनपरेकी महिला छ भने बिहे गर्न नमानुन्जेल बलात्कार भैरहन्छ । इथियोपियामा यस्तो वलात्कार गर्ने चलननै छ ।

९. श्रीलंका

श्रीलंकामा बलात्कारीलाई बलात्कारै गरेर सजाय दिने चलन छ । शुरक्षा निकाय कै मानीसहरु नै बलात्कारीहरुलाई बलात्कार गर्न उद्धत हुन्छन् । यसरी श्रीलंकामा महिला र पुरुष दुवै बलात्कारको शिकार हुने गर्दछन् । पछिल्लो दुई वर्षमा यो देशको जनसंख्याको ५ प्रतिशत मानीसहरु बलात्कारको शिकार भएका छन् ।

८. क्यानडा

सन् २०१७ सम्म यो देशमा दुईलाख भन्दा बढी मानीसहरुले बलात्कार भएको घटना प्रहरी समक्ष दर्ता भएका थिए । क्यनडामा हरेक १७ जना महिलामा एक जना महिलाको बलात्कार हुने गरेको छ । प्रहरी समक्ष दर्ता भएका बलात्कारका यस्ता घटना त केवल घटनाको ६ प्रतिशतमात्र हो । पिडीत महिलाहरु आफुलाई बलात्कार गरिएको कुरा भन्न अत्यन्त डराउने गर्दछन् । किनकी शारिरीक यातना दिएर बलात्कार गरएिको हुन्छ ।

७. फ्रान्स

यो देशमा सन १९८० सम्मपनि बलात्कारलाई अपराधको रुपमा लिने गरिएको थिएन् । फ्रान्समा बलात्कार गर्नु सामान्य कुरा हुन्थ्यो । सन २०९२ मा आएर वल्ल यो देशमा बलात्कारलाई यौन शोषणको मान्यता दिइएको हो । सन २००२ मा यौन शोषण विरुद्ध कानुन पास भयो । सन् २०१५ मा बलात्कारी विरुद्ध पिडीत महिलाले न्याय पाउने कानुनको कार्यन्वयन भएको थियो । हरेक वर्ष कम्तीमा ७५ हजार बलात्कारका घटना उजुरी हुने गरेका छन् ।

६‍ जर्मनी

जर्मनीमा यो वर्ष दुई सय चालिस जना महिला तथा किरोरीहरु बलात्कार पछि मारिएको पाइएको छ ।
क्याथोलिक पादरीहरुलाई बलात्कारको अभियोग लाग्नु जर्मनीमा सामान्य जस्तै हो । जर्मनीमा बलात्कारीलाई मारेपनि हत्याको अभियोग लाग्दैन ।

५. बेलायत

विश्वका टप १० देशको सुचिमा वेलायत पर्नु अनौठो संयोग हो तर यो देशमा हरेक वर्ष ८५ हजार बलात्कारको शिकार हुने गरेका छन् । यो देशमा १६ वर्ष देखी ५९ वर्ष सम्मका महिलाहरु अत्यधिक मात्रामा पर्ने गरेका छन् ।

४. भारत

छिमेकी देश भारतमा वलात्कार हरेक दिनजस्तो भैरहेको । हरेक २२ मिनेटमा भारतमा एक जना महिला यौन दुव्र्यवहारको शिकार हुने गर्दछन् । अचम्मको कुरा त के छ भने सबैभन्दा धेरै घरकै सदस्य, काका, दाजु, मामा वा नातेदारहरुबाटै बालबालीगकाहरु बलात्कृत हुने गर्दछन् ।

३. स्वीडेन

स्विडेनमा हरेक चार जना महिलामा एक जना महिला बलात्कारको शिकार भैरहेका हुन्छन् । स्विडेनमा हरेक वर्ष वलात्कारको घटना घट्नुको सट्टामा झन झन बढीरहेको नै छ । युरोप भरीमा स्वीडेननै तेस्तो देशहो जहा अत्यधीक वलात्कारका घटना घट्ने गरेका छन् ।

२. संयूक्त राज्य अमेरिका

जर्ज मसुन विश्विद्यालयको एक अनुसन्धान अनुसार अमेरीकामा हरेक ३ जना महिलामा एक जना आफ्नो जीवनकालमा यौन दुराचारको शिकार हुनेगरेका छन् । यो देशमा महिला र पुरुष दुबै बलात्कारको शिकार हुने गरेका छन् । हरेक १०७ सेकेण्डमा कोही न कोही यो देशमा यौन अपराधको चपेटामा पर्ने गरेको पाइन्छ ।

१. दक्षिण अफ्रिका

यो देशमा करीव ४० प्रतिशत महिलाहरु जीवनकालमा एक न एकचोटी बलात्कृत भएकै हुन्छन् । र, ९ वटा केस मध्ये एउटामात्रै प्रहरीमा दर्ताहुने गरेको छ । विश्वमा वलात्कारी देशको नम्बर वनमा परेको छ । बलात्कारका घटना मध्ये ११ वर्षमुनीका १५ प्रतिशत बालबालिकाहरु पीडित भएका छन् ।

 

विशेष