अर्थ

दसैका लागि ल्याइएका दशलाख बराबरका च्याङ्ग्रा बाटोमै मरे

दसैका लागि ल्याइएका दशलाख बराबरका च्याङ्ग्रा बाटोमै मरे


पर्वत । दसैं र तिहारको लागि लक्षित गरी मुस्ताङबाट पोखरा लगिँदै गरिएका झन्डै ६० वटा भेडाच्याङ्ग्रा बाटोमा नै मरेका छन् । पोखराका व्यापारी प्रविण अधिकारीले ल्याएका च्याङग्रा एउटै ट्रकभित्र जबरजस्ती खाँदेका कारण मरेका हुन् ।

आँफूले २२ लाखको लगानीमा १ सय ३० वटा भेडाच्याङग्रा ल्याएको अधिकारीले बताए । उनी भन्छन, ‘५ दिन ५ रात सम्म हिंडेर उपल्लो मुस्ताङ पुगेर खरीद गरेर ल्याएको हुँ तर, आधाभन्दा धेरै च्याङग्रा पर्वत आइपुग्दा मरे।’ उक्त संख्यामा च्याङग्रा मरेपछि अधिकारीको झन्डै १० लाखभन्दा बढीको लागनी डुबिसकेको छ ।

बाँकी रहेका अन्य च्याङग्रा पनि निकै अस्वस्थ अवस्थामा रहेका कारण थोरै मात्रै च्याङग्रा जीवित रहनेछन् । आँफूले २ वटा ट्रकमा राखेर लैजाउँभन्दा पनि आफूनै साथीले व्यवस्थापन गरिदिएको ट्रकको ड्राइभरले एउटै ट्रकमा सजिलै च्याङ्ग्रा अट्ने बताएपछि सबै च्याङ्ग्राहरु एउटै ट्रकमा भरेको पनि अधिकारीले जानकारी दिए । ‘बाटोमा गाडी रोकेर च्याङग्रा हेरौँ भनेर धेरैपटक भन्दा पनि ड्राइभरले गाडी रोक्न मानेन, कुश्मामा पुगेपछि मेरो काम छ, त्यहीँ हेरौँला भन्दै ल्याए । यहाँ ल्याएर हेर्दा त धेरैजसो भेडाच्याङ्ग्रा सोत्तर परेको देखियो ।’

पानी नपरेकोले पछिल्ला केही दिन यता ह्वात्तै गर्मी बढेका कारण पनि सिधै गर्मी ठाउँको वातावरण च्याङग्राले खप्न नसेकोर मरेको जिल्ला पशु कार्यालय पर्वतले जनाएको छ ।

विशेष