समाज अपराध सुरक्षा

अपराधी श्रीमान, बिरामी श्रीमती दिल्लीमा बेचेर फरार

अपराधी श्रीमान, बिरामी श्रीमती दिल्लीमा बेचेर फरार


काठमाडौं । बाजुराको छेडेदह गाउँपालिका–५ टुडाकी २३ वर्षीया कुन्ताकुरमारी बुढा उपचारका लागि असार २०७४ मा भारतको नयाँदिल्लीस्थित अस्पताल गइन् । तर, अस्पताल पुग्नुअघि नै उनी महिला बेचबिखन गर्ने दलालको फन्दामा परिन् ।

कुन्ताकुमारी र छेडेदह गाउँपालिका–१ रानाका २५ वर्षीय शुकेर रोकायाबीच वैशाख २०७४ मा प्रेम विवाह भएको थियो । विवाह भएको करिब २ महिनामै उनी बिरामी परिन् । बिरामी भएपछि उनी श्रीमानसँग उपचारका लागि भारतको नयाँदिल्ली गइन् । तर अस्पताल नपुग्दै भारतमा रहेका महिला बेचबिखन गर्ने दलालको फन्दामा परिन् ।

कुन्ता र शुकेबीच गाउँमा केही दिनअघि विवाद भएको थियो । कुन्ताले उजुरी गरेपछि इलाका प्रहरी कार्यालय डोगढीमा मेलमिलाप भएको थियो । भारतको नयाँदिल्ली पुगेपछि श्रीमान् सुकेले उपचार गर्न अस्पतालमा नलगी टेम्पो चालकको साथ लगाएर सडकमै छाडेर भागेको कुन्ताकुमारीले बताइन् ।

टेम्पो चालकसँग श्रीमानबारे सोध्दा उसले घर गइसकेको र सबै उपचार आफैंले गरिदिने बताएको कुन्ताको भनाइ छ । उसले आफूसँगै जाऊँ भनेर हातपात गर्न खोजेपछि सडकमै कराएको र उनले बताइन् । पैसा कमाइ हुने ठाउँमा लैजाने, मीठोमसिनो दिने लोभ देखाएको कुन्ताको भनाइ छ । ‘धेरै बेरसम्म कराएपछि पुलिस आए र दलालबाट मलाई फुत्काए’, उनले भनिन् ।

पुलिसलाई सबै कुरा बताएपछि आफन्तसँग सम्पर्क गराएको उनले बताइन् । पुलिस आएपछि टेम्पो चालकसमेत भागेको उनले बताइन् । उनले नेपाल आएर प्रहरीमा उजुरी दिएकी छन् । तर श्रीमान् फरार छन् ।

 

विशेष