अर्थ

मासिक ८ अर्बको खसीबोका खपत, दशैंमा समान्य अवस्थाको तुलनामा ८ गुणा बढी

मासिक ८ अर्बको खसीबोका खपत, दशैंमा समान्य अवस्थाको तुलनामा ८ गुणा बढी

काठमाडौं । नेपाली उपभोक्ताले मासिक अर्बौं रुपैयाँ बराबरको खसीबोकाको मासु खपत गर्ने गरेको पाइएको छ ।

उपभोक्ता मूल्यका आधारमा नेपालीले मासिक आठ अर्ब २५ करोड रुपैयाँको खसीबोकाको मासु खपत गर्दै आएको पाइएको हो ।

आयस्रोत कम भए पनि नेपालीले मासुका लागि अबौं रुपैयाँ खर्चिदैं आएको तथ्यांक छ । नेपालीले खसीबोकाको मासुका लागिमात्रै वार्षिक ९९ अर्ब सात करोड रुपैयाँ खर्च गर्छन् । पशुपन्छी मन्त्रालयका अनुसार देशभर मासिक चार लाख ३० हजार खसीबोका खपत हुन्छन् ।

यसमा दशैंलगायत चाडपर्वको खपतलाई जोडिएको छैन । दशैंका बेला सामान्यभन्दा झण्डै आठ गुणा बढी मासु खपत हुने पाइएको छ ।

अन्नपूर्ण पोस्ट

विशेष