अर्थ

बीस अर्ब सम्पत्तिको चलखेलमा हायात होटल

बीस अर्ब सम्पत्तिको चलखेलमा हायात होटल

काठमाडौ । मुलुककै ठुलो पाँचतारे होटल हायातको सेयर संरचनामा चलखेल गरी निजी साझेदारले सरकारी लगानी हत्याउन खोजेको रहस्य खुलेको छ ।

सार्वजनिक–निजी साझेदारअन्र्तगत २०४९ सालमा स्थापना भएको हयातमा पर्यटन मन्त्रालयको तारागाउँ विकास समितिको १७ करोड तथा निजी साझेदार राशेश्याम सराफ र रामलाल श्रेष्ठ परिवार को २५ करोड ७५ लाख गरी ४२ करोड ७५ लाख रुपैयाँ लागनी गरिएको थियो ।

कुल लागनीमध्ये निजी साझेदारको ६०.२३ प्रतिशत र सरकारको ३९.७७ लगानी थियो । अहिले एक सय ५० रोपनी जग्गासहित यो होटलको सम्पत्ति २० अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।

नागरिक

विशेष