अर्थ

केयूमा एमबीबीएस पढ्न ४८ लाख

केयूमा एमबीबीएस पढ्न ४८ लाख

काठमाडौं  । सरकारले उपत्यकामा ३८ लाख ५० हजार, बाहिर ४२ लाख ४५ हजार सीमा तोकेको छ । काठमाडौं विश्वविद्यालय ९केयू०ले ४७ लाख ९० हजार रुपैयाँसम्म लिन पाउने गरी सम्बन्धनप्राप्त कलेजहरूलाई एमबीबीएस अध्यापन शुल्कसीमा निर्धारण गरेको छ ।

सरकारले भने ०७३ मंसिर १९ मै उपत्यकामा ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार रुपैयाँभन्दा बढी लिन नपाउने गरी शुल्कसीमा तोकेको थियो । गत वर्ष निर्धारित शुल्क दुई वर्ष लागू हुने व्यवस्था छ । केयूले कलेज सञ्चालककै सहमतिमा शुल्क निर्धारण गरेको जनाएको छ ।

विश्वविद्यालयका स्कुल अफ मेडिकल साइन्सका डिन राजेन्द्र कोजूका अनुसार काठमाडौं उपत्यकामा ४३ लाख ९० हजार र उपत्यकाबाहिर ४७ लाख ९० हजारसम्म लिन पाउने गरी शुल्कसीमा कायम गरिएको छ । केयूका कलेजहरूलाई गत वर्ष बढीमा एक सय १५ विद्यार्थी भर्ना गर्न छुट थियो ।

यसपालिदेखि एक सयभन्दा बढी पाइँदैन । १५ सिट घटदा प्रतिविद्यार्थी ५ लाख रुपैयाँ थपिएको विश्वविद्यालयले जनाएको छ ।

कान्तिपुर

विशेष