अर्थ

तयारी पोशाकमा मापदण्ड लागू गरिने

तयारी पोशाकमा मापदण्ड लागू गरिने

काठमाडौं । विदेशी बजारमा नेपाली तयारी पोशाकलाई थप प्रतिस्पर्धी बनाउने उद्देश्यसहित यसमा पनि नेपाल गुणस्तर मापदण्ड तोकिने भएको छ ।

मापदण्डको अभावमा निर्यातको सम्भावनाअनुसार बजार विस्तार हुन नसकेको ठहर गर्दै उद्योग मन्त्रालयले चालू आर्थिक वर्षको योजनामै गुणस्तर र प्रमाणीकरणलाई समेटेको छ । यसका लागि नेपाल नापतौल गुणस्तर विभागले विद्यमान कानुनी व्यवस्थामा परिमार्जन गर्ने प्रक्रिया अघि बढाइसकेको महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।

 यसै आर्थिक वर्षमा तयारी पोशाकसहित कार्पेट र छालाका वस्तुको मापदण्ड तोक्ने योजना अनुसार काम अघि बढाइएको छ । यस्ता वस्तुको गुणस्तर मापदण्ड तोक्नका लागि कानुननै परिष्कृत गर्नुपर्ने हुन्छ ।   चालू आवको अन्त्यसम्ममा यसलाई कार्यान्वयनमा ल्याउने योजना छ ।

 गोरखापत्र

विशेष