अपराध सुरक्षा

यी हुन् ८८ केजी सुनमा पक्राउ परेका तस्करहरु

यी हुन् ८८ केजी सुनमा पक्राउ परेका तस्करहरु


काठमाडौं। ८८ केजी सुन तस्करीमा संलग्न भएको आशंकामा पाँच जना सुन ब्यवसायी पक्राउ गरेका छन् । काठमाडौंको रन्जता ट्रेड सेन्टरस्थित कार्यविनायक सुनचाँदी पसलका गणेदत्त बडु, नरदेवीसिथ्त राविश्याम ट्रेडर्सका सत्यनारायण अग्रवाल, बांगेमुढाको शाक्य सुनचाँदी पसलका शुभरत्न शाक्य, ओटुको सिद्धनाथ सुनचाँदी खानीका उल्लास दिनकर सालुखे र ओटुकै पशुपति सुनचाँदी खार्नी पलका नन्दकुमार मर्गलेलाई सामेबार पक्राउ गरिएको हो ।

रविश्याम ट्रेडर्सका अग्रवाल यसअघि पनि अवैध सुन खरिद आरोपमा पक्राउ परेका थिए । २०७२ पुस २३ मा काठमाडौंबाट साढे ९ केजी अवैध सुनसहित पक्राउ परेका चार जनामा अग्रवाल पनि एक थिए । उनी त्यतिवेला ११ लाख रुपैयाँ बाकेर अवैध सुन किन्न पुगेका थिए ।

 कान्तिपुर

विशेष