‘आइफोन बोक्ने मान्छेले अलि गतिलै हुँ भन्ने सोच्छ’ (भिडियाेसहित)
लोकेश ओली
एप्पलका ग्याजेट व्यवसायी तथा ओलिज स्टोरका सञ्चालक
सामान्यतः नेपालमा ‘आइफोन’ भन्ने बित्तिकै धनीको संज्ञा दिइन्छ । त्यसो त बेलाबेलामा फेसबुकमा ट्रोलहरु पनि त्यस्तै बन्ने गर्छन् । ‘किड्नी बेचेर आइफोन खरिद’ जस्ता खबरहरु सुन्नमा आइरहन्छन् । अर्को कुरा, नेपालमा खरिद गर्दा महंगो र विदेशमा सस्तो पर्ने भ्रम पनि धेरै मानिसमा छ । तर, यो सबै भ्रममात्रै भएको बताउँछन् एप्पलका ग्याजेट व्यवसायी तथा ओलिज स्टोरका सञ्चालक लोकेश ओली ।
यसवाहेक नेपालमा आइफोन प्रयोगकर्ताहरु स्वयं आइफोनका विशेषताबारे अनविज्ञ छन् । तर अहिलेको परिवेशमा यस कुरामा आफू सहमत नभएको भन्दै उनले आइफोन मानिसको जीवनशैलीसँग बढी जोडिएपनि अहिले भने नेपालमा आइफोेनको पूरै फिचर नचलाइको र करिब ७० प्रतिशत मानिसले यसको फिचर चलाउने गरको बताए । तर, जीवनस्तरसँग पनि जोडिएको हुनाले कतिपयले आइफोन बोक्ने मान्छे अलि गतिलै हुन्छ भनेर पनि सोच्ने गरेको उनले बताए ।
भर्खरै लन्च गरिएको आइफोन ८, ८ प्लस र आइफोन १० नेपालमा आउन अझै केही महिना लाग्छ । पुराना मोडल र यसमा धेरै फरक पनि छन् । जस्तो कि नयाँ मोडलमा क्यामरा, चिप्सहरुमा फरक आएका छन् । नेपाली बजारमा यी फोने उपलब्ध हुन अझै डेढ महिना लाग्ने ओलीले बताए । छिमेकी देश भारतमा ८ र ८ प्लस सेप्टेम्बर २९ देखि उपलब्ध हुने र मूल्य भारु ६४ हजारदेखि सुरु हुने एनडिटिभीले जनाएको छ ।
एप्पलले सबैभन्दा महँगो आइफोन एक्स पनि घोषणा गरेको छ । यसको उच्चारण एक्स नभई टेनको रुपमा गरिनेछ । यो फोनमा पूरै डिस्प्ले दिनका लागि होम बटन हटाइएको छ । होम बटनसमेत हटाइएकाले टच आइडी हुने कुरै भएन । बरु यसका लागि फेस आइडी तयार छ ।
फोनको अगाडि भागमा रहेको क्यामेराले प्रयोगकर्ताको अनुहार स्क्यान गरी फेस आइडी तयार पार्छ । यदि उही व्यक्तिले फोन अनलक गर्न खोजेमा मात्र हुन्छ । कसैको फोटो र मास्क बनाएर ल्याए पनि फोन अनलक हुँदैन । तर यदि जुम्ल्याहा छ भने अनलक हुनसक्छ । ५।८ इञ्चको ओएलइडी डिस्प्ले भएको यो फोनको डिस्प्लेलाई सुपर रेटिना डिस्प्ले भनिन्छ । यसले एचडीआरसमेत सपोर्ट गर्छ ।
आइफोन एक्समा केही नयाँ विशेषता थपिएका छन् । प्रमुख विशेषता फेस आइडी हो । पोट्रेट फोटोको विकल्प आइफोन एक्समा सेल्फी खिच्दासमेत पाइन्छ । यो फोनको सुरुवाती मूल्य नै ९ सय ९९ अमेरिकी डलर रहेको छ । नोभेम्बर ३ तारिखदेखि मात्र यो बजारमा आउनेछ ।
६४ जिबी र २५६ जिबीमा आउने यो मोडलको आइफोनमा सबैभन्दा महँगो मोडलको मूल्य अमेरिकामा १ हजार १ सय ४९ डलर रहेको छ ।
नेपालमा यो मोडलको आइफोन कहिले बजारमा आउने र मूल्य कति हुने भन्ने जानकारी आउन बाँकी छ । छिमेकी देश भारतमा भने नोभेम्बर ३ मा बजारमा आउने ६४ जिबीको मूल्य ८९ हजार भारु हुने एनडिटिभीले जनाएको छ । अमेरिकी डलरमा यसलाई परिवर्तन गर्दा १३९० डलर पर्न आउँछ ।
यसबाहेक ओलिज स्टोर नेपालमै एप्पलका ग्याजेट सार्वधिक बिक्री गर्ने कम्पनी हो । सुरुवाती दिनमा उक्त कम्पनीले एप्पलको कम्प्युटर र त्यसलाई चाहिने सामान बेच्दै आएको थियो । पछि एप्पलले मोबाइल फोन पनि लन्च गरेपछि फोन पनि बिक्री गर्दै आएको छ । बेलाबेलामा उक्त कम्पनीका सामानहरु अत्याधिक महंगो भएका गुनासाहरु पनि आउने गर्छन् । यसबारेमा ओली भन्छन्, ‘महंगो हुनुको आफ्नै कारणहरु छन् । किनभने हामी पूर्ण रुपमा कर तिर्छौं । भन्सार र कर छलेर सामान बेच्ने गरेको छैनौँ र ग्राहकहरुलाई गुणस्तरीय सामान दिइरहेका छौँ । ब्राण्डका नाममा केही कम्पनीहरुले लुट पनि मच्चाए । यसले हामीलाई पनि असर त पार्छ । तर, यसबारे कुन सामान असली र नक्कली हो भनेर छुट्याउन ग्राहकहरु पनि चनाखो हुनुपर्छ ।’
Lokesh Oli Oliz Store Iphone 8 Iphone x