जिल्ला प्रहरी कार्यालयबाटै तीन आरोपी फरार, प्रहरीले सुइँकोसम्म पाएन
गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतबाट मध्यराति तीन जना आरोपी भाग्न सफल भएका छन् । ठूलो संख्यामा रहने प्रहरीलाई छलेर उनीहरु भागेका हुन् ।
भाग्नेमा सार्वजनिक अपराधमा सजाय भोगिरहेका गोरखा नगरपालिका ६ का दीपेश मजाकोटी, भीमसेन गाउँपालिका ३ तान्द्राङका अभिषेक अधिकारी र सन्दिप सुर्खेती छन् । उनीहरु सौचालयको झ्यालमा रहेको रड निकालेर भागेको बताइएको छ । उनीहरुमाथि शुक्रबार मात्र जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको थियो । भाग्न सफल भएकामध्ये मजाकोटी गत १८ गतेदेखि र अधिकारी र सुर्खेती पाँच गतेदेखि प्रहरी नियन्यत्रणमा थिए ।
उनीहरुको खोजीका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।