अर्थ ओटोमोबाइल

समाचार प्रभाव : गाडीमा कालोबजारी गर्ने हुन्डाईको सो रुममा छापा, कागजात नियन्त्रणमा

हुन्डाईका कारमा ७५ प्रतिशतभन्दा बढी मुनाफा लिएर ठगी (पढ्नै पर्ने खोजपूर्ण समाचार)

समाचार प्रभाव : गाडीमा कालोबजारी गर्ने हुन्डाईको सो रुममा छापा, कागजात नियन्त्रणमा

काठमाडौं । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले नक्सालस्थित हुन्डाई सोरुममा छापा मारेको छ । नेपाल आजले नक्सालस्थित हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टरले खरिद मूल्यभन्दा ७५ प्रतिशत बढीसम्म लिएर गाडी बिक्री गर्दै आएको खोजमूलक समाचार प्रकाशित गरेपछि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले छापा मारेको हो । नेपाल आजले लक्ष्मी इन्टरकन्टिनेन्टरको ठगीधन्दालाई खुलासा गरेपछि आपूर्ति मन्त्रालय र विभागमा कारबाहीको मागसहित उजुरीसमेत परेको थियो । 

विभागका अनुगमन शाखा निर्देशक लक्ष्मण श्रेष्ठले उजुरीका आधारमा अनुगमन गरिएको बताए । ‘उच्च मुनाफा लिई बिक्री गरेको आपूर्ति मन्त्रालय र विभागमा उजुरी परेको थियो,’ उनले भने, ‘सोही आधारमा अनुगमन गरेका छौं ।’

अनुगमन टोली संयोजक एवं शाखा अधिकृत लोकबहादुर कार्कीले थप अनुसन्धानका लागि लक्ष्मी इन्टरकन्टिनेन्टरका कागजात विभागमा ल्याइएको जानकारी दिए ।

नेपाल आजले गाडी खरिदमा उपभोक्ताहरु कसरी ठगिन्छन् भन्ने तथ्यपूर्ण समाचार उजागर गर्दै आएको छ । नेपाल आजसँगको केही दिनअघिको भिडियो कुराकानीमा पनि आपूर्तिमन्त्री शिवकुमार मण्डलले गाडी खरिद गर्दा चर्काे मूल्य लिने गाडी बिक्रेतालाई कारबाही गर्न आफू दृढ रहेको बताएका थिए ।


(यो पनि पढ्नुहोस्)

हुन्डाईमा चर्काे कालाबजारी : एउटै कारमा साढे २१ लाख रुपैयाँसम्म झ्वाम

विशेष