पर्यटन

यो हो चार करोडको बस, पोखरा–काठमाडौं सरर, बसमा सुविधै–सुविधा

यो हो चार करोडको बस, पोखरा–काठमाडौं सरर, बसमा सुविधै–सुविधा

पोखरा । पर्यटकीय नगरी पोखरामा अत्याधुनिक सुविधासहितको सुपर डिलक्स बससेवा सुरु भएको छ ।

पोखरा जगदम्बा ट्राभल्स प्रालिले बिहीबारदेखि सुरु गरेको सेवा उत्कृष्टस्तरको भएकोे दाबी गरिएको छ । बससेवाको पोखरा–लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले शुभारम्भ गरे ।

प्रविधिमैत्री बसको प्रत्येक सिटमा टेलिभिजन तथा खाना टेबल रहेको छ । २१ सिट क्षमताको बसभित्रै रेस्टरुम र मिनीबारको सुविधा रहेको उक्त बस पृथ्वी राजमार्ग बस सन्चालक समितिअन्तर्गत् सन्चालित छ ।

प्रत्येक सिटमा छुट्टाछुट्टै टेलिभिजन, रिमोटबाटै सिट फोल्डिङ गरेर सुत्न सकिने, रिमोट सिस्टमबाटै मसाज गर्न सकिने सुविधा उपलब्ध रहेको प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए ।

बस दैनिक बिहान ८ बजे काठमाडौं र पोखराबाट छुट्नेछ । यात्रीको सुविधाका लागि बसका टोली खटिनेछन् । दुईओटा बसमा प्रतिबस करिब चार करोड रुपैयाँ लगानी भएको अधिकारीले जानकारी दिए । अमेरिकाबाट सिट आयात गरी भारतमा टाटाको अत्याधुनिक च्यासिज प्रयोग गरी बस तयार गरिएको हो । बसमा यात्रा गर्न प्रतिव्यक्ति २२ सय रुपैयाँ तिर्नुपर्नेछ ।

विशेष