पर्यटन

सगरमाथाकाे उचाई नाप्ने भारतको आग्रहलाई सरकारद्वारा अस्विकार, मंसिरमा आफै नाप्ने

सगरमाथाकाे उचाई नाप्ने भारतको आग्रहलाई सरकारद्वारा अस्विकार, मंसिरमा आफै नाप्ने

काठमाडौं । भारतले पटक–पटक सगरमाथाको उचाई नाप्न सघाउने भनिरहेका वेला नेपालले आफैं पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई नाप्ने भएको हो । मंसिरबाट सुरु गर्नेगरी प्रक्रिया अघि बढाइएको नापी विभागले जनाएको छ ।

०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि सगरमाथाको उचाई पहिले भन्दा बढेको हुनसक्ने बैज्ञानिकहरुको दाबीपछि सगरमाथाको उचाई नाप्ने निष्कर्षमा नेपाल सरकार पुगेको हो । जसको लागि चालु आर्थिकवर्षको लागि २ करोड रुपैयाँ बजेट बिनियोजन समेत गरिएको छ ।

विश्वकै अग्लो चुचुरो सगरमाथाको उचाइ संयुक्तरुपमा पुनः नाप्नका लागि भारतले पटकपटक आग्रह गरेको थियो ।

तर पनि नेपालले यस पटक आफैं उचाई नाप्न लागेको हो । भारतको इन्डो नेपाल साइन्टिफिक एक्पिडिसन नेपाल र भारतको संयुक्त टोलीले सगरमाथाको उचाइ नाप्नका लागि प्रस्ताव गरेको थियो ।

विशेष