अपराध सुरक्षा

राज्यमन्त्रीको गाडी तोडफोड गर्ने दुई व्यवसायी पक्राउ

राज्यमन्त्रीको गाडी तोडफोड गर्ने दुई व्यवसायी पक्राउ

धनगढी ।   बजार अनुगमन टोलीको नेतृत्व गरिहरकेका आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकले प्रयोग गरेको गाडीमा तोडफोड भएको छ।

कैलालीको टीकापुर टीकापुर बजारमा रहेको विष्ट आयल स्टोर लगायतका पसलमा अनुगमन गरिसकेपछि स्थानीय सिद्धार्थ होटलमा पुगेका मन्त्री विकले प्रयोग गरेको बा १ झ ९६६९ नं को जिप होटल परिसरमा शनिबार तोडफोड भएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । तोडफोडबाट गाडीको पछाडिको भागमा क्षति पुगेको छ ।

बजार अनुगमनका नाममा पसलमा सिलबन्दी गर्ने प्रयास गरेको भन्दै विरोधमा उत्रिएका व्यापारीले जिपमा तोडफोड गरेको जनाइएको छ। प्रहरीले घटनापछि टीकापुर उद्योग वाणिज्य संघका दुई व्यवसायीलाई पक्राउ गरेको छ ।

राज्यलाई तिर्नुपर्ने कर नबुझाउने माथि कारबाही गर्नुको साटो जिल्लाका साना व्यापारीलाई चाडवाडको समयमा जथाभावीरुपमा बजार अनुगमनको नाममा दुःख दिइएको भन्दै स्थानीय व्यापारीले विरोध गरिरहेका छन् ।

अनुगमन टोलीले तीन दिनअघि धनगढीका दुई पसलमा शिलबन्दी गरेको थियो।

विशेष