उपत्यकामा एक सातामा ४४ करोडका खसीबोका बिक्री
काठमाडौं । घटस्थापनादेखि फुतपातीसम्म उपत्यकामा मात्रै ४४ करोड ३२ लाख रुपैयाँको खसीबोकारच्यांग्रा बिक्री भएका छन् ।
चौपाया खरिदबिक्री व्यवसायी संघका अनुसार एक साताको अवधिमा करिब ३५ हजार खसीबोकारच्यांग्रा बिकेका छन् । औसत मूल्य १२ हजार रुपैयाँको दरले ४२ करोड रुपैयाँको बिक्री भएको जनाइएको छ ।
यस्तै नेपाल खाद्य संस्थानले खसी, बोका र च्यांग्रा गरी १९ सय ३७ वटा बिक्री गरेको छ । संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार ती खसी, बोका र च्यांग्रा करिब २ करोड ३२ लाख रुपैयाँमा बिक्री भएका हुन् ।
संस्थानले प्रतिकिलो च्यांग्रा ६ सय ७५ र खसी ४ सय ५५ रुपैयाँमा बिक्री गरेको थियो । चौपाया संघले प्रतिकिलो च्यांग्रा ७ सय २० र खसी ५ सय ५० रुपैयाँ सम्ममा बिक्री गर्दै आएको छ ।