अपराध सुरक्षा

४५ करोड भन्दा बढी मूल्यको ८८ किलो सुन काठमाडौंबाट समातियो

४५ करोड भन्दा बढी मूल्यको ८८ किलो सुन काठमाडौंबाट समातियो

काठमाडौं । काठमाडौंको क्षेत्रपाटीबाट ४५ करोड भन्दा बढी मूल्यको ८८ किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले गएराति १० बजेदेखि नै निगरानी राखेको थियो ।

सोमबार बिहान चालक आएर गाडी स्टार्ट गर्नासाथ प्रहरी पुगेर नियन्त्रणमा लिएको थियो । स्ट्रोेम जीपबाट ८८ किलो सुन बरामद भएको र गाडी चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय प्रहरी प्रमुख जयबहादुर चन्दले जानकारी दिए । यसअघि यति धेरै परिमाणमा नेपालमा अवैध सुन समातिएको थिएन । सुन केरुङ नाकाबाट भित्रिएको आशंका गरिएको छ ।


बरामद भएको सुन अहिले महानगरीय प्रहरी अपराध महाशाखामा राखिएको छ ।

विशेष