अपराध सुरक्षा

दशै सेल भन्दै ठगी, २४ सय पर्ने जुत्तालाई २७ हजार !

दशै सेल भन्दै  ठगी, २४ सय पर्ने जुत्तालाई २७ हजार !

काठमाडौं । दरबारमार्गमा अन्तर्राष्ट्रिय ब्रान्डका सामान बेच्ने चार पसलमा आपूर्ति मन्त्रालयले सिलबन्दी गरेको छ ।

दसैं–तिहारका मुखमा सेलका नाममा ठगी गरेको भेटिएको भन्दै सिलबन्दी गरिएको हो । आपूर्तिमन्त्री शिवकमुमार मण्डलसहित आपूर्ति व्यवस्थापन विभाग तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा छुट भन्दै ११ गुणाभन्दा बढी मूल्य लिने गरेको भेटिएपछि सिलबन्दी गरिएको हो ।

चाडबाड नजिकिएपछि अधिकांश पसलमा ६० प्रतिशतसम्म छुटका ट्याग झुण्ड्याइएका छन् । पुमा, नाइक, बिन्टले र स्टोर वानमा अनुगमन गरिएको थियो । त्यसक्रममा अधिकांश व्यवसायीले ११ गुणासम्म मूल्य लिएको पाइएपछि सिलबन्दी गरिएको थियो । अनुगमनका क्रममा १ हजार पर्ने कपडा ४ देखि ५ हजार र २४ सय पर्ने जुत्ताहरु २७ हजार रुपैयाँसम्म लिने गरेको पाइयो । बिलबिजक पनि छैन, विभागका महानिर्देशक कुमार दाहालले भने, धेरै विकृति देखिएकाले चारवटैमा सिलबन्दी गरेका छौँ ।

कान्तिपुर

विशेष