अर्थ

बैंकमा अधिक तरलता, तर ब्याजदर घटाउन मान्दैनन् वित्तीय संस्था

बैंकमा अधिक तरलता, तर ब्याजदर घटाउन मान्दैनन् वित्तीय संस्था

काठमाडौं । वित्तीय प्रणालीमा करिब ७० अबै रुपैयाँ अधिक तरलता भए पनि बैंक तथा वित्तीइ संस्थाले ऋणको ब्याजदर घटाएका छैनन् ।

यसअघि तरलता संकट भएको भन्दै ब्याजदर बढाएका बैंक तथा वित्तीय संस्थाले हाल कोषको लागत कस्ट अफ फण्ड नघटेको भन्दै ब्याजदर घटाउन आनाकानी गरेका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार सोमबारसम्म बैंक तथा वित्तीय संस्थामा करिब ७० अर्ब रुपैयाँ अधिक तरलता छ । बैंकहरूमा पनि करिब ६० अर्ब अधिक तरलता लगानीयोग्य रकम रहेको स्वीकार्छन् ।

हालसालै राष्ट्र बैंकले विभिन्न औजारमार्फत पटक–पटक बजारबाट पैसा खिच्नुले पनि वित्तीय प्रणालीमा अधिक तरलता रहेको पुष्टि हुन्छ । केन्द्रीय बैंकका अनुसार एक महिनायता बजारमा बढी भएको करिब ५२ अर्ब रुपैयाँ खिचिएको छ । तरलताको अर्को सूचक अन्तरबैंक ब्याजदर पनि शून्य दशमलब ३ प्रतिशत मात्रै छ। ट्रेजरी बिल्सको बट्टादार 0 दशमलब ४८ प्रतिशत छ । रकम झिक्नु र अन्तरबैंकसँगै ट्रेजरी बिल्सको ब्याजदर एक प्रतिशतभन्दा कम हुनुले बजारमा आवश्यकभन्दाबढी तरलताको स्थितिदेखाउँछ । तर, सर्वसाधारणले भने ब्याजदर घटेको अनुभूति गर्न पाएका छैनन् ।

यस्तै, विगतमा अनुत्पादक क्षेत्र भन्दै सेयर, घरजग्गा, सवारीलगायत क्षेत्रमा कर्जा प्रवाह रोकेका बैंकहरूले हाल ती क्षेत्रमा कर्जा लिन आह्वान गर्नुले पनि बैंक तथा वित्तीय संस्थाहरूमा पर्याप्त तरलता भएको पुष्टि हुन्छ । वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेकाले अब बिस्तारै ब्याजदर घट्नुपर्ने राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख नरबहादु थापा बताउँछन् ।

कान्तिपुर

विशेष