ताम्राकार हाउसमा ५ देखि ६० प्रतिशतसम्म छुट
काठमाडौं । मोटोरोला र लेनेभोको मुख्य प्रायोजनमा मोबाइल बजारको पर्यायका रुपमा रहेको काठमाडौंको न्यूरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्सले ‘दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार’ योजना ल्याएको छ । भदौ २२ गतेदेखि गरिन लागेको यो मोबाइल मेलाको मुख्य प्रायोजनमा मोटोरोला र लेनेभो मोबाइलले साथ दिएका छन् । यो महोत्सवमा सबै मोबाइल कम्पनीको साथ पाएको जानकारी दिदै ताम्राकार मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउदले ताम्राकार मोबाइल बजारले मोडल हेरेर ५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको बताए ।
राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सामसुङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डिटिसी टचमा ६० प्रतिशत, हुवावे अनर होलीमा ४० प्रतिशत छुट दिइएको छ । यसैगरी लेनेभोका मोबाइलको खरिदमा मोडल हेरी ३० देखि ५० प्रति प्रतिशत सम्म छुटको ब्यवस्था गरिएको छ ।
ताम्राकार मोबाइल बजारमा न्यूनतम ९ सयदेखि १ लाख ३० हजार रुपैयाासम्मका विभिन्न ब्राण्डका मोबाइल सेट उपलब्ध छन् । मोबाइल बजारमा दशैंका बेला दिइने आन्तरिक अफरसँगै कम्पनीहरुले ल्याएका अफर तथा उपहार पनि पाइने छन् । नेपालीहरुको महान चाड बडादशैं तथा तिहारको अवसर पारी विभिन्न ब्राण्डका मोबाइल फोनको खरिदमा मोटरसाइकल, टिभी, स्मार्ट फोन बितरण गरिनेछ । यसैगरी दैनिक २ वटा मोबाइल, १० वटा ब्लुटुथ तथा पावर बैंक लक्की ड्र मार्फत वितरण गरिने व्यवस्था गरिएको छ भने साप्ताहिक रुपमा एउटा सामसुङको ३२ इन्चको टिभी लक्की ड्र मार्फतनै बितरण गरिने छ ।
मोबाइल मेला अबधीभर ताम्राकार मोबाइल बजारमा सामसुङ, हुवावे, जियोनी, एचटिसी, डिटिसी, ओबिआइ, लाभा, सोनी, आइफोन, जेडटिइ, ओप्पो, कुलप्याड, वानप्लस, एमआइ, नोकिया, कलर्स लगायतसबै ब्राण्डका मोबाइल फोनको कारोबार हुने छ ।
बम्पर उपहार स्वरुप प्रदान गरिने एक वटा मोटरसाइकल र एक वटा स्कुटरको लक्की ड्र छठ पर्व सकिने बित्तिकै लक्की ड्र मार्फत छनोट गरि वितरण गरिने छ भने एउटा मोटरसाइकल दशैं अगाडि नै लक्की ड्र मार्फत बिजेतालाई बितरण गरिनेछ ।
मंगलबार सम्पन्न पत्रकार सम्मेलनमा ताम्रकार कम्प्लेक्सका संचालक प्रदिप रत्न ताम्राकार, पाको युथ क्लबका अध्यक्ष प्रबिन मान श्रेष्ठ, पूर्व अध्यक्ष अमृत मानन्धर, ताम्राकार मोबाइल ब्यापार संघका सचिब गुरुदत्त शर्मा र कोषाध्यक्ष अनिल ढकालको उपस्थिती रहेको थियो ।