अपराध सुरक्षा

यसरी समातिए अर्काको एटिएम प्रयोग गरी पैसा निकाल्ने अपराधी टर्कीस नागरिक

यसरी समातिए अर्काको एटिएम प्रयोग गरी पैसा निकाल्ने अपराधी टर्कीस नागरिक

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एटिएमबाट अनाधिकृत रुपमा रकम निकाल्ने एक टर्कीस नागरिकलाई पक्राउ गरेको छ ।

ब्यूरोबाट खटिएको टोलीले अनाधिकृत रुपमा पैसा निकाल्दै गर्दा ३० वर्षीय टर्कीस नागरिक इक्रिम अरम्यानकीलाई मंगलबार पक्राउ गरी सार्वजनिक गरेको हो ।

ब्यूरोले पक्राउ परेको व्यक्तिसँग एक हजार २२५ युरो, नौ हजार ७१० अमेरिकन डलर, ३३ हजार इण्डोनेशियन रुपिहा, ३४ वटा एटिएम कार्ड, चार थान मोबाइल र एक थान ल्यापटप बरामद गरेको छ ।

ब्यूरोले हालसम्म एटिएमबाट ठगीमा चार रोमानियन, तीन टर्किस, दुई बुल्गेरियन, चार माल्दोभियन र दुई भारतीय गरी १५ जनालाई कारबाही गरिसकेको छ । पक्राउ अभियुक्तलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक कारबाही हुने ब्यूरोले जनाएको छ ।

विशेष