यौन-शिक्षा

लामो समयसम्म यौन क्रिडामा संलग्न हुन चाहनु हुन्छ ? यसो गर्नुस्

लामो समयसम्म यौन क्रिडामा संलग्न हुन चाहनु हुन्छ ? यसो गर्नुस्

पोर्न चलचित्रहरु हेरेर कतिपय पुरुषमा हिनताबोध हुन सक्छ । किनकी पोर्न चलचित्रमा एक घण्टासम्म पनि निरन्तर सेक्स गराइएको देखाइन्छ । पोर्न चलचित्रमा निरन्तर सेक्स गरिरहेको देखेका कतिपय पुरुषमा भने आफू किन चाँडै स्खलित हुनु परेको कुराले तनाव उत्पन्न हुन सक्छ । उनीहरुलाई आफ्नो यौन साथीले आफूबाट सेक्स सन्तुष्टि पाउन नसकेको हो कि भन्ने पनि लाग्न सक्छ ।

वास्तवमा पोर्न चलचित्रहरुमा देखाइने यौन सम्पर्कको दृष्य एकैपटकको सम्भोगको अवधीमा लिइएको हुँदैन । धेरै पटक भएका सेक्सलाई जोडेर निर्देशकहरुले त्यस्ता फिल्म बनाउने गर्छन् ।

सामान्यतया एक स्वस्थ पुरुषको यौन सम्पर्कको अवधी १० देखि १५ मिनेटको हुन्छ । त्यही समय अवधीमै महिला र पुरुष दुबैले चरम आनन्द प्राप्त गर्ने गर्दछन् । यौन सम्पर्कलाई जबर्जस्ती लम्ब्याउँदा सन्तुष्टिको साटो उल्टो तनाव पनि बढ्न सक्छ । धेरै मानिसले यौनसम्पर्कको अवधी बढाउन यौन प्रवद्र्धक औषधि प्रयोग गरेको पनी पाइएको छ । तर हामीले दैनिक खाने खानेकुरामा ध्यान दिने गरियो भने यौन सम्पर्कको अवधी प्राकृतिकरुपमै बढाउन सकिन्छ ।

फलफूल र हरियो सागसब्जीलाई आफ्नो नियमित खानामा समावेश गर्नुस्, विभिन्न समयमा गरिएका अनुसन्धानहरुले यो प्रष्ट पारसिकेको छ कि माछा तथा मासु खाने मानिसले भन्दा शाकाहारी भोजन गर्नेले लामो समयसम्म यौनसम्पर्क गर्न सक्छन् ।

सेक्स गर्नुपूर्व जति सक्नुहुन्छ धेरै केरा खानुहोस्, केरामा ग्लुकोज र पोटासियम पाइन्छ । यसले सेक्स गर्दा थप उर्जा प्रदान गर्छ ।

अमलामा पाइने जिंक र आइरनले विर्यलाई गाढा बनाउछ । पातलो विर्यको तुलनामा गाढा विर्य धेरै समयसम्म स्खलन हुँदैन । दैनिक रुपमा अमला सेवन गर्नाले विर्य गाढा हुन्छ ।

धेरै मानिस यौन सम्र्पकलाई मादक बनाउन धुम्रपान तथा मद्यपान गर्ने गर्दछन् । तर यसले यौनजन्य हिंसाको खतरा बढाउनुका साथै सम्भोगलाई भद्दा पनि बनाउन सक्छ । बरु यो भन्दा एकअर्कासँग जिस्किने, ठट्टा गर्ने वा एकअर्काको शरीरसँग खेल्ने गर्दा भरपुर आनन्दसहित यौन सम्पर्कको अवधी बढाउन सकिन्छ ।

 

विशेष