हेल्थकेयर सेन्टरबाटै लागूअाैषध बरामद
काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित सफलता हेल्थकेयर सेन्टरका संचालक र उनकी श्रीमतीलार्इ प्रहरीले लागूअाैषधसहित पक्राउ गरेकाे छ ।
हेल्थकेयर सेन्टरका संचालक नवलपरासीकाे मनहरिका २९ वर्षीय चुडामणी चाैधर र उनकै श्रीमती २५ वर्षीया सपना चाैधरीलार्इ नाइट्रोजेपाम २ सय ४० ट्याब्लेट, ट्रमाडोल १ हजार ६ सय ८५ क्याप्सुल, एक्काडोल ६ सय ७० क्याप्सुल, डाइजेपाम ३१ एम्पुल नाइट्रोभेट ४ सय ७० ट्याव्लेट र अन्य मनोदिपक औषधीहरु सहित प्रहरीले पक्राउ गरेको हाे ।
उक्त सेन्टरमा लागूऔषधको कारोबार हुने गरेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले खानतलासी गर्दा उक्त लागूऔषध बरामद भएपछि औषधी व्यवस्था विभागसँग समन्वय गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो ।