अर्थ

पशुपंक्षी तथा दुग्धजन्य वस्तुबाट ९० करोडको आम्दानी

पशुपंक्षी तथा दुग्धजन्य वस्तुबाट ९० करोडको आम्दानी

बाँके । ४ महिनाको अवधिमा बाँकेका किसानहरुले पशुपंक्षी तथा दुग्धजन्य वस्तुबाट ९० करोडको आम्दानी गरेका छन् ।

आर्थिक वर्ष २०७४–७५ को प्रथम चौमासिकमा बाख्रा, कुखुरा, हाँस, राँगा, बंगुर, दुध, अण्डा लगायतको उत्पादनबाट किसानहरुले ९० करोड आम्दानी लिएको जिल्ला पशु सेवा कार्यालय बाँकेले जनाएको छ ।

यो अवधिमा सबैभन्दा धेरै दुध उत्पादन भएको जिल्ला पशु सेवा कार्यालय बाँकेका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. बेदबहादुर केसीले बताए । प्रशोधिन दुग्धजन्य पदार्थको कारोवारबाट मात्रै किसानहरुले ८० करोड मुनाफा हासिल गर्न सफल भएका छन् ।

त्यसैगरी किसानले खसीबोका, तथा कुखुराबाट १० करोड आम्दानी गर्न सफल भएको केसीले बताए ।

dang income

विशेष