सेनाका मेजर अंकलले नाई भन्दा भन्दै केहि हुँदैन भनेर किशोरीलाई सम्वेदनशिल अंगमा चुप्पा गर्न लगाएपछि...
काठमाडौं । क्याडबरी खाइरहेकी थिएँ । अंकलले चुप्पा गर्नुभयो र मैले पनि अंकल भनेर म्वाइ खाएँ । पहिला पहिला पनि माया गर्नुहुन्थ्यो । उहाँले नै मेरो हात तल गरेर यहाँ छोऊ भन्नुभयो । डर लाग्यो । नाइँ अकंल भनेँ । तर, केही हुँदैन नानु भनेर सम्झाउनुभयो ।
एसएलसीजस्तै फलामे गेट नेपाली सेनाको मेजरबाट धेरै माथि उक्लिनका लागि उतीर्ण गर्नुपर्ने स्टाफ कलेज प्रवेश परीक्षा दिन काठमाडौं आएका मेजर प्रभवविक्रम शाह परीक्षास्थलमा हैन, अन्यत्रै अल्मलिँदा ठूलो समस्यामा छन् । वाग्लुङस्थित २३ बाहिनीमा पोष्टिङ भएका उनी स्टाफ कलेज इन्ट्रान्समा छिर्दा आपतमा परेका हुन् । बुद्धनगरस्थित आफन्तको घरमा पहिला पनि आऊ जाऊ गर्थे ।
सेनाको करिअरवाला अफिसरले नराम्रो केही गर्लान् भनेर कसैले सोच्ने कुरा पनि भएन । तर, आएका बेला परिवारका अरु सदस्यको त्यति ख्याल नगनेर्, गाउँबाट पढ्न आएकी र परिवारसँगै बस्ने किशोरीलाई बढी समय दिने । परिवारका सदस्यले किशोरीलाई सोधे, तर उनले अंकलले खाने कुरा ल्यादिनुहुन्छ मात्र भन्ने गरेकी थिईन् । यसचोटी आएको बेला घरका सदस्यले निगरानी गरे । शौचालयको भेन्टिलेटरबाट हेरे । दृश्य सामान्य थिएन । प्रभव किशोरीबाट यौन व्यवहार गराइरहेका थिए । उनलाई हात र मुखबाट मैथुन गर्न लगाउने काममा थिए ।
परिवारका सदस्यले प्रहरीलाई फोन गरे । प्रहरी पुग्दासम्म उनीहरु बन्द कोठाभित्रै । ढक्ढक्याएको केही समयपछि मात्रै ढोका खोले । प्रहरीले सोध्यो, हामीलाई यहीँबाट आएको इन्फर्मेशनका आधारमा हजुरलाई लिन आएको । प्रभवले जान आनाकानी गरे । आफ्नो परिचय बताए । सैनिक मुख्यालयको अनुमतिबिना लैजान नमिल्ने अडान लिए । तर, प्रहरीले मानेनन् । यसबीच किशोरीलाई परिवारका सदस्यले आफूतिर लगे । अस्वीकार गर्दागर्दै पनि मेजर प्रहरीको गाडीमा चढाइए । प्रहरी कार्यालयमा पुगेपछि भने, त्यस्तो केही होइन । मैले उसलाई पढाईको लागि सपोट गर्ने गरेको छु । काठमाडौं आएको बेला खर्च छोडेपछि कपी, कलमहरु किनिदिएर पढाईको बारेमा सोध्दै थिएँ । प्रहरीले भने हामीलाई एसईए (सेक्सुअल एक्सप्लोइटेशन एण्ड एब्युज) मा रिपोर्ट आएको छ । उनले इम्पोसिबल भन्दै अस्वीकार गरे । तर, एकछिनमै किशोरी त्यहाँ पुगिन् । उनले पनि सीधै केही भनिहाल्न सकिनन् । प्रहरीले सोधे, अंकलले तिमीलाई के के गर्नुभयो, नडराई भन किशोरीले सुनाइन् । मैले नाइँ भन्दाभन्दै पनि अंकलले केही हुँदैन भनेर विभिन्न ठाउँमा चुप्पा गर्न लगाउनुभयो....
प्रहरीले किशोरीको बयान र स्वास्थ्य परीक्षण गरायो । निरन्तर रक्तस्राव भइरहेको रिपोर्ट आयो । महिनावारी पनि शुरु नभएकी किशोरीको त्यस्तो हालत हुनुको एउटै कारण हुन्छ, यौन सम्पर्क । प्रहरीले सेनाको हाकिम समातिएपछि सैनिक प्रहरीका हाकिमले प्रभवलाई आफूहरुकै हिरासतमा राखिने र सैनिक ऐनअनुसार आवस्यक कानुनी कारवाही गर्ने भनी जिम्मा लिन खोजे । तर, प्रहरीले प्राविधिक समस्या दर्शायो । संवेदनशील घटनामा मानिस पक्राउ गरेपछि न्यायिक निकायमा पेश नगरी छाडेन मिल्दैन । सैप्रका मेजरको दाबी थियो, सेना पनि न्यायिक निकाय हो, आफ्नै अदालत छ ।
सैनिक परिवारका सदस्यलाई कारवाही गर्ने अलग्गै कानुनी अधिकार पनि छ । यसपछि सेनाका थुप्रै उच्चपदस्थ अधिकारीले उनलाई सैप्रको जिम्मा लगाउन दबाब दिए । तर, प्रहरीले मानेन । १४ गते शुक्रबार पक्राउ परेका उनीविरुद्ध जिल्ला अदालत, काठमाडौंमा १६ गते आइतबार जबरजस्ती करणीमा मुद्दा दायर गरेपछि मात्रै सैनिक प्रहरीको जिम्मा लगाइएको छ । सामान्यतया यस्ता घटनामा मुद्दा दायर गरेपछि पक्राउ परेको व्यक्तिलाई पूरै दिन (२४) हिरासतमा राखी अनुसन्धानका गर्नुपर्छ । तर, किशोरीको स्वास्थ्य परीक्षणसमेत भइसकेको अवस्थामा अदालतले पुर्पक्षका लागि थुनामा पठाउन सक्छ । अहिले प्रभवलाई अनुसन्धानका लागि हिरासतमा राख्ने गरी अदालतले ७ दिनको म्याद दिएको छ । तर, उनी प्रहरी खोरमा नभएर सैनिक हिरासतमा छन् । जनआस्था साप्ताहिकबाट