फोटो

पृथ्वीजयन्ती मनाउँदै गणतान्त्रिक सरकारका राष्ट्रपतिदेखि सेनापतिसम्म, हेर्नुहाेस् १४ तस्विर

पृथ्वीजयन्ती मनाउँदै गणतान्त्रिक सरकारका राष्ट्रपतिदेखि सेनापतिसम्म, हेर्नुहाेस् १४ तस्विर

काठमाडौं । २९६औँ पृथ्वी जयन्तिको अवसर राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।

२९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज विहीबार सिंहदरबारको पश्चिम गेटअगाडि रहेको शाहको शालिकमा पुगेर राष्ट्रपति भण्डारी, प्रधानमन्त्री देउवालगायतले माल्यार्पण गरेका हुन् ।

 

उक्त अवसरमा उपप्रधानमन्त्री कमल थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री विक्रमबहादुर थापा, आपूर्तिमन्त्री जयन्त चन्द, प्रधानसेनापति राजेन्द्र क्षत्री, विभिन्न प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्यसचिव, काँग्रेस नेता डा रामशरण महतलगायत नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख तथा उच्च पदस्थ कर्मचारीहरुले शाहको शालिकमा माल्यार्पण गरे ।

नेपाली सेनाको टोलीले राष्ट्रपति भण्डारीलाई सलामी गारद अर्पण गरेको थियो ।

२०६३ देखि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सरकारले बिदा दिन कटौती गरेकाे थियाे । तर यो वर्षदेखि सार्वजनिक बिदा दिन शुरु गरेपछि उक्त दिवस भव्यताका साथ मनाउन थालिएको हो ।

विशेष