अपराध सुरक्षा

२७ लाख रुपैयाँ बराबरको गरगहना चोरी

२७ लाख रुपैयाँ बराबरको गरगहना चोरी

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ सखडा बजारस्थित एक ज्वेलर्सबाट गए राति करिब २७ लाख रुपैयाँ बराबरको गरगहना चोरी भएको छ। अञ्जनी ज्वेलर्सबाट गरगहना र नगद चाेरी भएकाे हाे ।

पसलको ताल्चा फुटाई १५ लाख २८ हजार बराबरको चाँदी र ८ लाख बराबरको सुनको गरगहना तथा १ लाख ८८ हजार नगद चोरी भएकाे पसल सञ्चालक राजेश्वर साह सोनारले जानकारी दिए। पीडितको जाहेरीका आधारमा शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको इलाका प्रहरी कार्यालय छिन्नमस्ताका सई भुवन कार्कीले बताए।

विशेष