अपराध सुरक्षा

सरकारी कागज किर्ते गर्ने पक्राउ

सरकारी कागज किर्ते गर्ने पक्राउ

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका कार्यालयमा किर्ते सरकारी काजकात र कर्मचारीको नक्कली हस्ताक्षर गरी घरनक्शा पास गराएर सेवाग्राहीबाट रकम असुल्ने एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १२ जुगेडाका २४ वर्षीय धर्मेन्द्र सिंह रहेको कैलालीका प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताए । उनीमाथी थप अनुसन्धान थालिएको उनले बताए ।

घर नक्सा पासका लागि नगरपालिका पुगेका एक जना सेवाग्राहही नन्दसिहं ढाँटको नक्सामा कार्यालय प्रमुखको छापा लगाउने क्रममा हस्ताक्षर मिलाउदा कागजात र हस्ताक्षर नक्कली भएको खुल्न आएको उपमहानगरपालिका कार्यालयका ईन्जिनियर दिजराज भट्टले बताए ।

उनले घरनक्सा पासका लागि एक जना सेवाग्रीबाट २० देखि ३० हजार सम्म रकम असुल्ने गरेको प्रहरीले जनाएको छ ।

विशेष