अपराध सुरक्षा

यौन दुराचारी सेनाका मेजर पक्राउ

यौन दुराचारी सेनाका मेजर पक्राउ

काठमाडौं । बालिकामाथि यौन दुराचार गरेको अभियोगमा प्रहरीले नेपाली सेनाका एक मेजरमाथि अनुसन्धान अघि बढाएको छ । मेजर प्रभवविक्रम शाहलाई प्रहरीले पक्राउ गरी गत साता सोनालाई बुझाएको थियो ।

सैनिक ऐनअनुसार प्रहरीको नियन्त्रणमा राखेर अनुसन्धान गर्न नमिल्ने भएकाले सेनालाई बुझइएको हो । ‘मेजर शाह हिरासतमा छन, उनीमाथि प्रहरीले छानविन गरिरहेको छ, ।’ सैनिक प्रवक्ता सहायकरथी गोकुल भण्डारीले भने ।

महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी रवि पाैडेलका अनुसार बालिकामाथि अप्राकृतिक यौन गतिविधि गरेको भन्दै पीडित परिवारले प्रहरीसमक्ष उजुरी दिएको थिए । नयाँ पत्रिकादैनिकबाट

विशेष