अपराध सुरक्षा

होटल ल्याडमार्कमा कौडा खेल्ने २७ समातिए

होटल ल्याडमार्कमा कौडा खेल्ने २७ समातिए

काठमाडौं । काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित होटल ल्याण्ड मार्कको तेस्रो तलामा कौडा खेलिरहेका २७ जनालाई नगद ३ लाख ८९ हजार ५ सय २० रुपैयाँ, १ सय अमेरिकन डलर र १६ थान कौडा सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथलीस्थित ५५ वर्षीय कान्छामान लामाको घरमा जुवातास खेलीरहेका लामा समेत १० जनालाई ६ बुक तास र नगद ८० हजार ६ सय ४० रुपैयाँ सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।

यस्तै कास्की पोखरा लेखनाथ महानगरपालिका–१८ खपैदीस्थित स्युर स्पोर्ट रेष्टुरेन्टमा जुवातास खेलिरहेका सोही ठाउँस्थित लेकसाईड बस्ने ५८ वर्षीय कृष्ण पौडेल समेत ६ जनालाई ३ बुक तास र नगद ५० हजार २ सय ४० रुपैयाँ सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विशेष