अर्थ

साताको पहिलो दिन नै पूँजी बजारमा गिरावट

साताको पहिलो दिन नै पूँजी बजारमा गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार नै पूँजी बजारमा गिरावट आएकाे छ ।

बजार परिसूचक नेप्से ९ अंकले ओरालो लागेर १४ सय ३१ विन्दुमा आइपुगेकाे हाे । जलविद्युत र टेलिकम सूचीकृत अन्य समूह बाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आएसँगै नेप्से झरेको हो ।

जलविद्यतु समूह सबैभन्दा उच्च ५५ अंकले बढ्यो भने बीमा समूह सबैभन्दा उच्च ९७ अंकले ऋणात्मक रह्यो । उत्पादनमूलक ४८ अंकले, लघुवित्त २६ अंकले, होटल २५ अंकले र विकास बैंक समूह पनि २० अंकले ओरालो लागे ।

अन्य समूह भने साढे ३ अंकले सकारात्मक रह्यो । यस दिन कारोबार परिमाण पनि न्यून नै रहेकाे छ । १ सय ५२ कम्पनीको ६ लाख ७० हजार कित्ता शेयर ३२ करोड ८३ लाख रुपैयाँ बराबरमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

today nepal stock exchange

विशेष