अर्थ

दसवर्षे कर्णाली विकास योजना अलपत्र, पहिचान गरिएका यस्ता छन् योजना

दसवर्षे कर्णाली विकास योजना अलपत्र, पहिचान गरिएका यस्ता छन् योजना

काठमाडौं। कर्णाली विकास आयोगले तयार गरेको दशवर्षे विकास योजना अलपत्र परेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली विकास परिषद्को बैठक नबोलाउँदा योजना कार्यान्वयनमा आउन सकेको छैन ।

आयोगले ६ महिनाअघि नै विकास योजना तयार गरे पनि परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाले चासो दिएका छैनन् । मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत आयोगका पदाधिकारीले प्रधानमन्त्रीसँग समय मागिरहेका छन् ।

परिषद्ले विकास योजना पारित नगरेसम्म कार्यान्वयनमा आउँदैन । तत्कालीन प्रधानमन्त्री प्रचण्डसँग पनि आयोगका पदाधिकारीले भेटघाट गरी विकास योजना पारित गर्न परिषद्को बैठक डाक्न आग्रह गरेका थिए । परिषद्को बैठक नभएकाले दशवर्षे विकास योजना कार्यान्वयन हुन नसकेको निमित्त कार्यकारी निर्देशक पार्वती अर्यालले बताइन् ।

पहिचान गरिएका कर्णाली गौरवका आठ आयोजना

१ हिल्सा–जुम्ला–सुर्खेत द्रुतमार्ग
२ कर्णाली करिडोर
३ सालझन्डी–ढोरपाटन–दुनै सडक
४ नाक्चे–लाग्ना–गमगढी सडक
५ कर्णाली स्टेसन १, २ जलविद्युत् आयोजना
६ तिला स्टेसन १, २ जलविद्युत् आयोजना
७ कर्णाली जैविक कृषि, उद्योग क्षेत्रको विकास
८ सिमीकोट–रारा–से फोक्सुन्डो पर्यटन क्षेत्र विकास
–नयाँ पत्रिका दैनिकबाट

विशेष