अपराध सुरक्षा

दुर्गा तिवारीको हत्यारालाई कतारबाट ल्याइयो

दुर्गा तिवारीको हत्यारालाई कतारबाट ल्याइयो


काठमाडौं । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न तुलबहादुर सिंजाली पक्राउ परेका छन् । उनी कतारमा पक्राउ परेका हुन् ।

तिवारीको ४ पुस २०७३ मा हत्या भएको थियो । मनोज पुनको समूहले हत्या गरेको थियो । घटनामा संलग्न सिंजाली फरार थिए । इन्टरपोल नेपाल र इन्टरपोल कतारको समन्वयका आधारमा सिंजाली पक्राउ परेको प्रहरी जनाएको छ ।

उनलाई आवश्यक कारबाहीका लागि इप्रका बुटवल पठाइने प्रहरी प्रवक्ता मनोज नेउपानेले जानकारी दिए ।

विशेष