अर्थ

मंगलबार पुँजी बजारमा दाहोरो अंकको गिरावट

मंगलबार पुँजी बजारमा दाहोरो अंकको गिरावट

काठमाडौं । मंगलबार पुँजी बजारमा दाहोरो अंकको गिरावट आएकाे छ ।

बजार परिसूचक नेप्से १७ अंकले ओरालो लागेर १४१३ विन्दुमा आएर थामिएकाे हाे । 

जलविद्युत समूह सबैभन्दा उच्च १ सय अंकले झर्यो । बीमा समूह ८८ अंकले, लघुवित्त समूह १७ अंकले, विकास बैंक समूह १५ अंकले र वाणिज्य बैंक समूह १२ अंकले ओरालो लागे । बाँकी समू्ह भने सामान्य अंकले ऋणात्मक रहे ।

मंगलबार नेपाल स्टक एक्सचेन्जमा १५४ कम्पनीको ८ लाख ११ हजार कित्ता शेयर ३६ करोड २२ लाख ८५ हजार रुपैयाँ बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।

today nepal stock exchange

विशेष