अपराध सुरक्षा

मनोज पुन खोज्दा अर्का मोष्ट वान्टेट अपारधी प्रहरीले फेला पार्यो, यसरी पक्राउ परे

मनोज पुन खोज्दा अर्का मोष्ट वान्टेट अपारधी प्रहरीले फेला पार्यो, यसरी पक्राउ परे

काठमाडौं । शृंखलालाबद्ध हत्या र असुलीमा संलग्न गुन्डा नाइके मनोज पुनलाई पक्राउ गर्न भारत गएको प्रहरी टोलीले अर्का एक ‘मोस्ट वान्टेड’ व्यक्तिलाई पक्राउ गरेको छ। ७ वर्षअघि दाङमा क्रुरतापूर्वक एक दम्पतीको हत्या गरी फरार रहेका अभियुक्तलाई भारतमा पक्राउ गरिएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट पुनलाई पक्राउ गर्न गत साता एक टोली भारत पुगेको थियो। उनलाई पक्राउ गर्न नसके पनि सो टोलीले फरार अभियुक्त नरेशकुमार कुमाल चौधरीलाई पक्राउ गरेको हो।

चौधरीले २०६७ जेठ २१ गते दाङको गंगा परस्पुर गाउँमा मणिराम कुमाल चौधरी र उनकी श्रीमती आशुकुमारी चौधरीको खुकुरी प्रहार ग री हत्या गरेका थिए।

हत्या गरेर उनी भारत भागेका थिए। सुराकीको आधारमा सिआइबी टोलीले उनलाई पक्राउ गरी सोमबार नेपाल ल्याएको हो। उनलाई इलाका प्रहरी कार्यालय गढवामा बुझाइएको सिआइबीका एसपी जीवनकुमार श्रेष्ठले बताए।

सिआइबीले भने उनलाई कोहलपुरबाट पक्राउ गरेको भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ। स्रोतका अनुसार भारतबाटै पक्राउ गरी उनलाई नेपाल ल्याइएको हो।

विशेष