अपराध सुरक्षा

विद्युत् प्राधिकरणका सुपरभाइजर अख्तियारकाे नियन्त्रणमा

विद्युत् प्राधिकरणका सुपरभाइजर अख्तियारकाे नियन्त्रणमा

काभ्रे । सेवाग्राहीबाट घुस मागेकाे अाराेपमा नेपाल विद्युत् प्राधिकरणका सुपरभाइजरविरूद्ध अख्तिया दुरूपयाेग अनुसन्धान अायाेगले काठमाडाैंस्थित विशेष अदालतमा अाराेप पत्र दायर गरेकाे छ ।

नेपाल विद्युत प्राधिकरण काभ्रेकाे पाँचखालमा कार्यरत सुपरभाइजर दिनेश थापाविरूद्ध अाराेप पत्र दायर भएकाे हाे । 

उनले थ्रि फेज लाइन जडान गरिदिने भन्दै सेवाग्राहीबाट २५ हजार घुस मागेका थिए । स्थानीयकाे सूचना तथा उजुरीकाे अाधारमा अख्तियार दुरूपयाेग अायाेग टङ्गालबाट खाटिएकाे टाेलीले उनलार्इ नियन्त्रणमा लिएकाे हाे ।

अायाेगले भ्रष्टचार गरेकाे अाराेपमा जरिवाना र कैद सजायकाे मागदावी गर्दै थापाविरूद्ध विशेष अदालतमा अाराेपपत्र दायर गरेकाे छ । 

विशेष